जिन्दगीभर आशावादी भएर बाँच्ने सकारात्मक सोच नै कर्ण शाक्यको शक्तिको स्रोत हो । र उनको खाटी परिचय पनि ।
-भैरव रिसाल
मैले एकै समयमा सुरूदेखि अन्त्यसम्म पढेका थोरैमध्ये हुन पुग्यो, यो पुस्तक । यो पुस्तक तिनका लागि वरदान हुनेछ, जसले टुँडीखेल वरिपरिलाई नै संसार देखे-बुझेका छन् ।-
जगदीश घिमिरे
व्यक्तिलाई दुःखबाट उठ्न र आँसुलाई शक्तिमा बदल्न उनको अनुभवले सिकाएको छ । सफल व्यक्तिले जिन्दगीभर गरेको अनुभवको सार पनि हो, यो पुस्तक ।
-गुणराज लुइँटेल
देशको वर्तमान स्थितिबाट दिक्क भएर अब नेपाल सिद्धियो, बिग्रियो भनेर नकारात्मक दृष्टिले हेर्नेहरूलाई सोच एउटा औषधि हुन सक्छ ।
-दुर्गानाथ शर्मा