Skip to content
Scan a barcode
Scan
Paperback Samjhana ka Pailaharu [Nepali] Book

ISBN: 9937932041

ISBN13: 9789937932042

Samjhana ka Pailaharu [Nepali]

मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् ।

नयाँ पुस्ताका उदीयमान सर्जकलाई सधैं प्रेरित गर्न रुचाउने मञ्जुलले गीत, कविता, नियात्रा, निबन्ध र उपन्यासमा कलम चलाएका छन् ।

राल्फा अभियानबाट चर्चामा आएका मञ्जुलले नेपालको सामाजिक परिवर्तनमा गरेको योगदान अतुलनीय छ । पञ्चायतकालमा राल्फा अभियान र सङ्कल्प साङ्गीतिक कार्यक्रममार्फत उनले गर्ने गरेको वैचारिक उद्घोषण अत्यधिक लोकप्रिय थियो । उनको त्यही उद्घोषण कलाले नेपालको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निभाएको थियो । त्यस बेला रामेशको सङ्गीत र मञ्जुलको उद्घोषणले वामपन्थीहरूको एउटा खेमाको जग निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो।

२००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।

Recommended

Format: Paperback

Condition: New

$20.00
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured