Skip to content
Scan a barcode
Scan
Paperback Chhaalbato (छालबाटो) [Nepali] Book

ISBN: 9937790298

ISBN13: 9789937790291

Chhaalbato (छालबाटो) [Nepali]

तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो ।

तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक; नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीय; झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा ।

Recommended

Format: Paperback

Condition: New

$24.24
Ships within 2-3 days
Save to List

Customer Reviews

0 rating
Copyright © 2026 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured