चर्चित युवा कवि दिनेश अधिकारीको आदिम आवाज आज मनुष्यभित्रको, या भनूँ कविभित्रको यस्तो आवाज हो, जो बिहान बिम्झनासाथको मनभित्र स्वतः स्फूर्त हुन्छ र जसलाई अरू आवाजले दबाइसकेको हुन्न । यस अर्थमा उनी कुनै उपदेश या वादविशेषको पछि लागेर लेख्तैनन् । उनी केवल आफू 'मान्छे' हुनुको अर्थमा लेख्छन् र मान्छेसँग गाँसिएर आउने कुनै पनि पक्षलाई आफ्नै आँखाले देख्छन् । उनी आफू केवल 'मान्छे' हुनुको अर्थमा लेख्छन् । मनुष्य हुनुको अर्थ दोषरहित देवता हुनु पनि हैन, सम्पूर्ण गुणले शून्य कुनै हुनु पनि हैन । उसभित्र मनुष्यदेखिको सन्त्रास पनि छ र मनुष्यभित्रको आस पनि छ ।
- माधवप्रसाद घिमिरे
Related Subjects
Poetry