यो चित्रकथामा बालबालिकामा हुने स्वभाविक परिवर्तन, त्यसबाट हुने एक किसिमको लज्जाबोध अनि कुतुहलतालाई कथानक बान्कीमा प्रस्तुत गरिएको छ । समा र उनका साथीहरू कुनै खास दिन किन बोलिरहेका छैनन् भन्ने बारेमा एउटा विशेष रहस्य छ । आउनुहोस्, एउटा रोमाञ्चक कथाको लागि तयार हुनुहोस् जसले तपाईंलाईरमाइलो बोध गराउनेछ र नेपाली सिक्न सघाउने पनि छ । 'पढ्नु रमाइलो हुन्छ' भन्ने अवधारणाका साथ तयार पारिएको यो किताब तपाईंले रुचाउनुहुनेछ ।
This picture book gently explores the natural changes in children, highlighting feelings of shyness and curiosity through an engaging story. A special mystery unfolds as Sama and his friends stop talking on a particular day. Get ready for a joyful and exciting story that also helps you learn Nepali. Created with the idea that reading is fun, this book is sure to delight young readers.