स्थापित मान्यतामाथि फरक मत
इतिहासको व्याख्यामाथि प्रश्न
नियतनिर्मित भाष्यको खण्डन
नेपाली समाजको अपव्याख्याप्रति रोष
र, नेपाली सभ्यताको बोध
यी सबैको सङ्गालो हो - असहमति
यथेष्ट सूचना, गहन विश्लेषण, विषयको विविधता, स्थापित हुन प्रयासरत भाष्यका प्रभावको विवेचना समेटिएको यो पुस्तक मूलतः पछिल्ला दुई दशकमा स्थापित नेपाली सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति हो ।